काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।
पार्टी समापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठक काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ।
आजको बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषय छलफल हुने रास्वापाले जनाएको छ ।





