मोरङको संसारी माई मन्दिरबाट मूर्ति र नगद चोरी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २० पुस । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दान पेटिकामा रहेको नगद चोरी भएको छ । मन्दिरको चेनगेट फोडेर आइतबार राति चोरी भएका मोरङ प्रहरले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालले मन्दिरबाट संसारी माताका २ थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दान पेटिकाको सिसा फोडेर चोरी भएको बताइन् ।

प्रहरीले चोरीमा संलग्नको पहिचानका लागि स्थानीय बासिन्दासँग सोधपुछ गरिरहेको छ । चोरी भएको नगदको यकिन विवरण भने दान पेटिकाको नियमित हिसाबकिताब र अभिलेखको आधारमा थाहा हुने प्रहरीको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी