ट्रिपरले ठक्कर दिदाँ हेटौडामा स्कुटी चालकको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

हेटौडा, १० असार । हेटौडामा ट्रिपरले ठक्कर दिदाँ एक स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो ।

समाचार अनुसार बाग्मती प्रदेश०३–००१ ख ८५१ नम्बरको टिपरले भैसेबाट हेटौंडा आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो ठक्करमा परी घाइते भएका २५ वर्षका अमित कपाडीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार टिपरको ठक्करबाट घाइते भए लगत्तै उनलाइ हेटौडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो, सोही उपचारको क्रममा उनकाे मृत्यु भएकाे हाे ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सो घटना बारे थप अनुसन्धान भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्