काठमाडौं । नेकपा(एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन्।
गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिनका क्रममा आयोगले ओलीसँग सोधपुछ गरेको हो। आयोगका अनुसार आन्दोलनका बेला घटेका घटनाबारे ओलीसँग विस्तृत रूपमा प्रश्न–उत्तर गरिएको छ।
यसअघि आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत विभिन्न सरोकारवालासँग बयान लिइसकेको छ।
आयोगले घटनासँग सम्बन्धित अन्य सरोकारवाला पक्ष तथा सुरक्षा निकायका उच्च अधिकारीहरूसँग पनि बयान संकलन गरिसकेको जनाएको छ।
मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको भनिएको मानव अधिकार उल्लङ्घनबारे निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको छ।





