काठमाण्डौं, २१ पुस । काठमाडौं उपत्यकामा चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ।
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान ५.४५ बजे कीर्तिपुरको तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको छ। त्रिभुवन विमानस्थलको तापक्रम ३.७ डिग्री सेल्सियस रहेको थियो।
त्यस्तै ललितपुर हात्तीबनको २.८, भक्तपुर नगरकोटको तापक्रम २.८ मापन भएको छ।





