काठमाडौँ, २१ पुस । काठमाडौँका महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ ।
आज दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै जानकारी हो ।
पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।
हिजोको बैठकले पार्टीमा आएकाहरुको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।





