शंखरापुरको फेदी जंगलमा बस दुर्घटना, २२ घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित फेदी जंगलमा आज साँझ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

जर्सिङपौवामा पिकनिक खाएर फर्किँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी