दुई संसदीय समितिको बैठक बस्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २४ पुस । राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दैछ। बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

बिहान साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ मा छलफल हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी