कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको छ।

पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा विवाद उत्कर्षमा पुगेका बेला उक्त भेला बोलाइएको हो।

संस्थापन पक्षका केन्द्रीय सदस्यहरूलाई आज बिहान १० बजे काठमाडौंको आनन्दभूमि पार्टी प्यालेसमा छलफलका लागि बोलाइएको जनाइएको छ। पार्टीभित्र उत्पन्न पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन पक्षले जनाएको छ।

यसअघि बिहीबार संस्थापन पक्षीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। त्यसलगत्तै आफ्नो समूहभित्र थप छलफल आवश्यक ठान्दै केन्द्रीय सदस्यहरूको भेला आह्वान गरिएको हो।

पार्टीभित्र विशेष महाधिवेशनको माग र त्यसको वैधानिकताबारे मतभेद चर्किँदै जाँदा संस्थापन पक्षको यो भेला महत्वपूर्ण मानिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी