कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने, महाधिवेशन विवादबारे छलफल हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दिउँसो १ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनमा शेखर कोइरालासहितका शीर्षनेता सहभागी हुने बताइएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले विशेष महाधिवेशन आह्वान गरेपछि तरंगित भएको कांग्रेसको विवाद मिलाउन बिहीबार पनि नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।

यस्तै, बिहीबार नै कांग्रेसको बैठक बसेर महाधिवेशन कार्यतालिका सार्वजनिक भएकाले अन्य गतिविधि नगर्न भनिएको थियो ।

निर्वाचनपछि हुने नियमित महाधिवेशनमा सबै सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिने निष्कर्षमा कांग्रेस पुगेको थियो । हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्ने बताइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्