काठमाडौँ, २६ पुस । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि हुँदैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले आजदेखि दोस्रो केन्द्रीय कमिटी हुने तय गरेको हो । बैठक पुस २८सम्म बस्नेछ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार, केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट शुरु हुने छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।





