बालेन शाहले अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १० असार ।  अदालतको अवहेलना गरेको भन्दै  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वाेच्च अदालतमा दिएका हुन् । उक्त निवेदनमाथिको सुनुवाइ गर्न न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ ।

हिन्दी फिल्म चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता झाले दाबी गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी