काठमाण्डौं, २९ पुस । काठमाण्डौको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन
आज पनि जारी रहनेछ । महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः शुरु हुँदैछ ।
हिजोसम्म चल्ने भनिएको विशेष महाधिवेशन एक दिन लम्बिएको छ । हिजो बन्दसत्र शुरु भएपछि विभिन्न प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।
नेता सुवास पोखरेलका अनुसार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको सङ्ख्या अस्ति २ हजार ६ सय ६२ रहेकोमा हिजो ६।२४ प्रतिशतले बढेको छ । आज नेतृत्व चयनबारे बन्दसत्रले आवश्यक प्रकृया गर्नेछ ।





