नेपाल एसबीआई बैंकको रकम ३ करोड रकम लुटीयो, चालक प्रहरी नियन्त्रणमा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ ।

मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो ।

मंगलबार साँझ ७ बजेको समयमा नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको हो ।

घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।

प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ। चालक बनेपाका हुन् । सबै लुटेरा बनेपाबाट चढेका थिए । अरु लुटेराको खोजी भइरहेको एसपी सुवेदीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी