काठमाडौँ : नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा आफैँ महामन्त्रीसँग छलफलमा जुटेका छन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा भएको विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया नै अघि बढाएपछि र मंगलबार राति अबेरसम्म भएका सम्वाद सार्थक नभएपछि सभापति देउवा आफैँ छलफलमा जुटेका हुन् ।
सभापति देउवाले महामन्त्री थापा र शर्मालाई महाराजगञ्जस्थित निवासमा छलफलका लागि बोलाएका छन् ।
देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पनि पुगेका छन् ।





