काठमाण्डौं, ३० पुस । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको एसबीआई बैंकको शाखाबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ बराबरको रकम चोरी भएको छ ।
मंगलबार बेलुका चार–पाँच जनाको संख्यामा रहेको समूहले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर रकम लुटपाट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
लुटपाटमा संलग्नमध्ये गाडी, त्यसका चालकसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटिएको रकम मध्ये झन्डै एक करोड ८० लाख रुपैयाँ पनि फेला परेको छ ।
घटनबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




