सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ कामदारको मृत्यु, चालक फरार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १ माघ । सुनसरी जिल्लाको भोक्राह नरसिंह गाउँपालिका–८ स्थित सोनीयाहीमा ट्रक पल्टिँदा ५ जना कामदारको मृत्यु भएको छ।

मार्बल बोकेर विराटनगरबाट राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक आज बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको हो।

मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ र २८ वर्षीय निशु गुरुङ र चद्र गुरुङ रहेका छन्। उनीहरू एकै गाउँका रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार अगाडि बसेका पाँच जनामध्ये तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको विराट नरसिंह होममा उपचार भइरहेको छ। । चालक फरार छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्