काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता प्रदान गरेको छ।
आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिने निर्णय गरेको हो। यससँगै नेपाली कांग्रेसको आधिकारिक सभापति गगन थापा बनेका छन्। पार्टीको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डासमेत थापा नेतृत्वको समितिकै नाममा कायम गरिएको छ।
यस निर्णयपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष पार्टीको आधिकारिक हैसियत तथा चुनाव चिह्नबाट वञ्चित भएको छ। आयोगले उक्त पक्षलाई नयाँ दलको नाम र छुट्टै चुनाव चिह्न छनोट गर्नका लागि समय उपलब्ध गराउने जनाएको छ।
निर्वाचन आयोग स्रोतले भनेको छ, “विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले बुझाएको विवरणका आधारमा दलसम्बन्धी अभिलेख अद्यावधिक गर्ने निर्णय भएको हो।”





