देउवा पक्षले भन्यो :आयोगको निर्णय अस्वीकार्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहादुर खड्का निर्वाचन आयोग पुगेका छन्। शुक्रबार साँझ निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि खड्का आयोग परिसर पुगेका हुन्।

आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खड्काले आयोगको निर्णय आफूहरूलाई मान्य नहुने स्पष्ट पारे। उनले वैधानिक, राजनीतिक तथा कानुनी सबै प्रकारका संघर्ष अघि बढाइने बताए।

“यो निर्णय प्रक्रियागत रूपमा षड्यन्त्रपूर्ण छ,” खड्काले भने, “नेपाली कांग्रेसको विधानविपरीत गरिएको यो निर्णय स्वीकार्य हुन सक्दैन।”

उनले आयोगको निर्णय ‘सेटिङ’का आधारमा आएको आरोपसमेत लगाए। पार्टीको आन्तरिक विवाद समाधान नगरी एकपक्षीय रूपमा निर्णय गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको दाबी थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्