धुर्मुस सुन्तली क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्नका लागि १ लाख बिनियोजन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १० असार ।  खेलकुदमन्त्री डिग बहादुर लिम्बुले धुर्मुस सुन्तली क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्नका लागि १ लाख बिनियोजन गरिएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले उक्त रंगशाला निर्माणको बाँकी काम पुरा गर्न सरकारले स्वामित्व ग्रहण गर्ने र त्यसपछि आवश्यक स्रोत जुटाएर रंगशालालाई सम्पन्न गर्ने बताउनुभएको हो ।

उहाले एक स्थानीय तह एक खेलकुद पूर्वाधार कार्यक्रम अन्तर्गत १७० स्थानीय तहमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको जिकिर गर्नुभयो । त्यस्तै ७ सय ५३ वटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्प प्रतियोगीता गर्न बजेटको व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो ।

उहाले खेलाडीहरुको बृत्तिबिकास गर्दै बिभिन्न प्रतियोगीतामा भाग लिने वातावरण बनाउने बताउनुभयो । चीनको होङझावमा सेप्टेम्वर २३ देखि अक्टुबर ८ सम्म हुने एसियाली खेलकुदका लागि २९ खेलका लागि २३३ खेलाडीहरुको बन्द प्रशिक्षण भइरहेको मन्त्री लिम्बुले जानकारी दिनुभयो ।

मन्त्री लिम्बुले राखेपलाई खेल क्षेत्रको बिकासका लागि जवाफदेही काम गर्ने गरि पूर्णरुपमा जिम्मेवारी दिने र खेलको पूर्वाधार निर्माणका लागि मन्त्रालयले नै आवश्यक योजना बनाउने गरि काम अघि बढेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी