काठमाडौँ, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि अर्थात् आइतबार बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।





