राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमै सकियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, ४ माघ । आज बसेको राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेटमा सकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक पाँच मिनेटमा सकिएको हो ।

दुई वटा शोक प्रस्ताव पारित गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन् । अब उक्त बैठक माघ ९ गते बस्नेछ ।
आजको बैठकमा शून्य समय, विशेष समय वा कुनै पनि एजेन्डा थिएनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी