प्रतिपक्षीले विरोध गर्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्र मजबुद बन्दैन : गृहमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असार १० । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्षीमा रहेकाले विरोध गर्ने र सत्तापक्षमा बस्नेले निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्र मजबुद हुन नसक्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा आएका जिज्ञासको जवाफ दिदै श्रेष्ठले विरोधका लागि विरोध गर्ने र सत्तापक्षमा रहेपनि निरंकुश हुने प्रवृतिले लोकतन्त्र मजबुद हुन नसक्ने भन्दै नयाँ अभ्यास सुरु गर्नुपर्ने बताउनुभयो । उहाले सदनमा बजेटका बिषयमा छलफल गर्ने र आएको सुझावहरुलाई अंगिकार नगर्ने परम्परालाई पनि अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । गृहमन्त्री श्रेष्ठले प्रहरी बढुवामा पैसाको चलखेललाई शुन्यमा झारिएको दावी गर्नुभयो । त्यस्तै उहाले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले छानविन गरिएको भन्दै बालुवाटार, यती, ओम्नीलगायत काण्डमा अनियमितता, भ्रष्टाचार देखिए कसैलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो ।

सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने उहाको भनाइ छ । सीमा सुरक्षाका लागि हालसम्म दुई सय ५० बिओपी स्थापना गरिएको र थप स्थानमा पनि स्थापना हुने उहाले बताउनुभयो । उहाले प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले आवश्यक कदम चालिसकेको र हालै आएको बाढिपहिरोबाट पीडितलाई आवश्यक राहत र पुर्नस्थापना गरिसकेको जानकारी दिनुभयो ।

उहाले पश्चिम नेपालको जोखिमलाई मध्यनगर गरि दाङ र कैलालीमा पूर्व विपद तयार अभ्यास पनि गरिसकेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी