पशुपतिमा सुनको जलहरी जोख्ने अख्तियारको तयारी (तस्बिरहरू)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १० असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ ।

आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ ।

सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भुगर्भ विभाग, सुनचाँदी व्‍यवसाय महासंघका प्रतिनिधि समेत त्यहाँ पुगेका छन् ।

पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तस्बिरहरूः न्युज कारखान 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी