काभा पुरुष भलिबल प्रतियोगितामा नेपालको लगातार छैटौं हार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १० असार । कीर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगितामा अन्तिम खेलमा पनि नेपालले पराजित भएको छ ।

आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

जारी प्रतियोगितामा नेपालको यो छैटौं हार हो । प्रतियोगितामा नेपालले कुनै खेल जित्न सकेन ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल उज्वेकिस्तानसँग २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित भएको छ ।

नेपाल यसअघि पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा इरानसँग चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौ खेलमा आयोजक किर्गिस्तानको बी टोलीसँग पराजित भएको थियो ।

काभा पुरुष भलिबलमा नेपालसहित आयोजकको दुई टोली, इरान, मंगोलिया, तुर्किमिनिस्तान उज्वेकिस्तान गरी सात टोलीको सहभागिता रहेको छ ।

सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी