काठमाडौं। नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बीच चुनावी तालमेलसम्बन्धी तीन बुँदे सहमति भएको छ।
सहमति अनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई नेकपा एमालेले मतदानमा सहयोग गर्नेछ।
त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलअन्तर्गत दाङ, रुकुम, रोल्पा र प्यूठानमा एमालेका उम्मेदवारलाई प्रलोपाले समर्थन गर्ने सहमति भएको छ।
उक्त सहमतिपत्रमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छन्।




