काठमाडौं, १२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् ।
कार्कीले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी थिइन् ।
त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने उनको भनाइ थियो ।





