काठमाडौं, १७ माघ। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन् ।
सभापति थापाले आज काठमाडौं–४ मा चुनाव लक्षित एक कार्यक्रममा आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए ।
‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीभित्र यि सबै कुराहरू, चुनावको उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले छान्नुहुन्छ ।’





