पशुपति क्षेत्र विकास काेषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दर्ता गरेकाे छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज सोमवार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयाे ।

ढकालले एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसा गैरकानुनीरूपमा आर्जन गरेको र त्याे रकमको स्रोत नखुलेका कारण मुद्दा दर्ता गरेकाे अख्तियारले जनाएकाे छ । ढकालकाे कुल सम्पत्ति सात करोड ८४ लाख पाँच हजार ९४ रुपैयाँ रहेको र त्याे रकममा एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसाको स्रोत खुल्न नसकेकोले अख्तियारले त्यही रकम बराबरको बिगो दाबी गरेकाे हो ।

ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुनुहुन्थ्याे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी