काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार पार्टी क्रियाशील रहेको बताएका छन् ।
नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभा’मा उनले यस्तो बताएका हुन् ।
उनले जेनजीका भावना सम्बोधन हुनुपर्छ भन्ने कांग्रेसमा कुनै पनि द्विविधा नभएको बताए ।
महामन्त्री पौडेलले पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई सुदृढ बनाउनका साथै निर्वाचनमा होमिन सहज भएको बताए ।





