कांग्रेसद्धारा वरिष्ठ अभिनेता थापाको निधनमा शोक व्यक्त

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २४ माघ । वरिष्ठ अभिनेता सुनिल थापाको निधन प्रति नेपाली कांग्रेसले शोक व्यक्त गरेको छ । वरिष्ठ आभिनेता थापाको काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ६८ वर्षको उमेर आज निधन भएको हो ।

उनको असामयिक निधनले नेपाली मात्र होइन, भारतीय चलचित्र क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्धारा हस्ताक्षरित शोक वक्तव्यमा उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन् — “नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापा ‘राते काइला’ को निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । नेपाली र भारतीय चलचित्रमा सशक्त भूमिका निर्वाह गर्नु भएका थापाको निधनबाट सम्पूर्ण चलचित्र उद्योगले अपूरणीय क्षति व्यहोरेको छ । अभिनय, मोडलिङ, खेलकूद तथा चलचित्र उद्योगका विविध पक्षमा उहाँले पु¥याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी