नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ११ असार । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । बुढाथोकीलाई काठमाडौंको मण्डीखाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बुढाथोकी फरार मध्येका हुन् ।

शरणार्थी प्रकरणमा यसअघि १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशले दुई जना धरौटीमा रिहा भएका छन् । फरार १२ जना मध्यका बुढाथोकीको खातामा शरणार्थीको नाममा ठगेको १० लाख रकम डिपोजिट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १५ जना केन्द्रीय कारागारमा थुनामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी