काठमाडौं, २५ माघ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक आज बस्दैछ । बैठक आज बिहान ८ः३० बजे बस्न लागेको हो ।
आजको बैठकमा तीन एजेन्डाहरूमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकको एजेण्डाहरू यस्ता छन् ।
१० नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका— ०८२ ।
२० नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२ ।
३० केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।





