सीमावर्ती क्षेत्रको जमिन धितो नराख्ने नीति परिवर्तन हुनुपर्छः सभापति पुन

लालपुर्जा छ, जमिन छ, तर बैंकले मान्दैन,सीमावर्ती पीडामा पुनको कडा आवाज

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले सीमावर्ती क्षेत्रका जनताको समस्या समाधानको लागि नीतिगत रुपमा प्रयास गर्ने बताएका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले पाइरहेको समस्यालाई समाधान गर्नको लागि नीतिगत रुपमा सम्बोधन गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘नेपालको लालपुर्जा छ । भुमि छ । हामीले प्रयोग गरिरहेका पनि छौं । तर बंैकले धितो नराख्ने समस्या छ । यो भनेको सीमावर्ती क्षेत्रका जनताको अवमुल्यन हो । जमिनको मुल्यांकन कम होला तर बैंकले धितो नै नराख्ने नीति परिवर्तन गर्नु पर्छ । यो समस्या देशभरकै सीमावर्ती क्षेत्रको भएकोले नीतिगत सुधार आवश्यक छ ।’

सीमावर्ती क्षेत्रमा बसोबास गरेर नेपालको अस्तित्व जोगाई राख्ने नागरिक प्रति सरकारले अन्याय गरेको पुनले बताए ।

उनले भन जसले नेपालको अस्तित्व जोगाईदिनु भएको छ । जसले देशको सीमा सुरक्षामा चौकिदारी गरेका छन् । उनीहरुकैं जमिनको मुल्य मान्यता नहुनु दुःखद कुरा हो । मुंल्याकनमा कम होला, त्यो आफनो ठाउँमा छ । तर बैंकले धितो नराख्ने कुरा नयाँ पुर्ण छैन् ।’

बाँके खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरका जनतासँग भेट्घाट गर्ने क्रममा पुनले यहाँको विकासको लागि स्थानीयसँग छलफल गरेर काम गर्ने बताएका छन् ।

राधापुरमा यसअघि पनि नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर र बादशाह कुर्मीको पहलमा थुप्रै विकास निर्माण काम भएको बताउँदै अब नयाँ योजनाहरु कार्यान्वयनमा आफुले पहल गर्ने बताए । राधापुरको विकासको लागि स्थानीय नागरिकसँगै छलफल गरेर अगाडी बढने उनले बताए ।

खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनवीर क्षेत्रीले सीमावर्ती क्षेत्रका जनताको जमिनलाई बैंकले धितो नराख्ने समस्या रहेको गुनासो गरेका थिए । बैंकको नीतिका कारण सीमावर्ती क्षेत्रका जनता दुःख पाइरहेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्