निर्वाचन प्रहरी आजदेखि फिल्डमा खटिने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, २८ माघ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य चुनाव सुरक्षाका लागि तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी आजदेखी फिल्डमा खटिँदै छन्। निर्वाचन प्रहरीलाई आजदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटाउन लागिएको हो ।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई छनोट गरी तालिम दिइसकेको छ । यही माघ १८ मा नियुक्तिपत्र लिएका उनीहरुले १० दिनको तालिम मंगलबार सकेका छन्। निर्वाचनको समग्र सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाल प्रहरीले गर्ने छ ।

विगतको मोडलअनुसार यसपटक पनि पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटाइने व्यवस्था मिलाइएको छ। सुरक्षाका लागि माघ देखिनै २१ नेपाली सेनाको परिचालन सुरू भइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्