साफ च्याम्पियनसिपः नेपाल र पाकिस्तान बिच प्रतिस्पर्धा हुदैँ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १२ असार । आज नेपाल र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुदैँछ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । साे खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेवाट सुरु हुनेछ।

साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन । समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानवाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अंक विहीन रहदै पुछारमा रहेर बाहिरिन पुगेका हाे । दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन ।

जसअनुसार पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी