काठमाडौँ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गरेको छ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले यस्तो आह्वान गरेका हुन् ।
विभागले आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने भएकोले यसप्रति गम्भीर गर्न आग्रह गरे।
शाहीका अनुसार राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने गरेको छ । यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने उनको भनाई छ । मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न उनले आग्रह गरे ।





