लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा, दुप्चेश्वरका जनताले जुटाए चुनाव खर्च

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, ६ फागुन । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को राजनीतिक सरगर्मी अहिले उत्कर्षमा पुगेको छ। चिसो सिरेटो चल्ने दुप्चेश्वरका अग्ला लेकदेखि सूर्यगढीका उर्वर बेँसीसम्म अहिले एउटै नामको चर्चा छ— विकासप्रेमी र सादगी नेता हितबहादुर तामाङ। आगामी फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा होमिनुभएका तामाङको पक्षमा देखिएको जनलहरले जिल्लाको राजनीतिमा नयाँ आयाम थपेको छ।

दुप्चेश्वर गाउँपालिकामा सञ्चालित दुई दिने ‘घरदैलो अभियान’ केवल मत माग्ने औपचारिक कार्यक्रम मात्र रहेन, यो जनता र नेताबीचको भावनात्मक मिलन जस्तो देखियो। बालकुमारी, काम्चोक, र निगालेका बस्तीहरू छिचोल्दै जिमनाङ्ग र बेतिनी पुग्दा मतदाताहरूले हितबहादुर तामाङलाई फूलमाला र खादाले मात्र होइन, आफ्नै परिवारको सदस्यलाई झैँ आत्मीय स्वागत गरे।

स्थानीय आमाहरूले आफ्नै भान्सामा पाकेको खाजा र ढिँडो(रोटी खुवाउँदै उहाँको विजयका लागि आशिर्वाद दिएको दृश्य निकै मार्मिक थियो। भूगोलको कठिन यात्रा गर्दै सानोगोल्फु, पुरगाउँ, र छेपार हुँदै राउतबेसी र हुङ्गसम्म पुग्दा नेता तामाङले जनताका साना(तिना पिरमर्कालाई नजिकबाट सुन्नुभयो।

राजनीतिमा नेताले पैसा बाँड्ने पुरानो संस्कारलाई चुनौती दिँदै दुप्चेश्वरका जनताले एउटा नयाँ उदाहरण पेस गरेका छन्। ओडारे र घ्याङफेदीका विकट बस्तीदेखि शिखरबेशी, रामति र समुन्द्रटारसम्मका सातवटै वडाका बासिन्दाले स्वतःस्फूर्त रूपमा चुनाव खर्च संकलन गरेर नेता तामाङलाई हस्तान्तरण गरेका छन्।

ूनेता त धेरै आए, आश्वासन पनि धेरै बाँडे, तर हितबहादुर जस्तो सादगी र सधैं जनताको काममा दत्तचित्त हुने नेता हामीले पाएका छैनौँ। उहाँ हाम्रो सम्पत्ति हो, त्यसैले उहाँलाई जिताउन हामी आफैँले खर्च जुटाएका हौँ,ू स्थानीय एक वृद्धले भावुक हुँदै बताए।

दुप्चेश्वरमा जनलहर उर्लिरहँदा सूर्यगढी गाउँपालिका वडा नं। १ ९साबिक लच्याङ–५० मा पनि चुनावी तयारीले ठोस रूप लिएको छ। निर्वाचन परिचालन समितिका अध्यक्ष कृष्ण बहादुर सुनारको अध्यक्षतामा बसेको महत्वपूर्ण बैठकले टोल(टोलमा ‘घरदैलो तथा जनभेटघाट अभियान’ लाई आक्रामक ढङ्गले अगाडि बढाउने निर्णय गरेको छ।

बैठकका प्रमुख अतिथि एवं नेकपा बागमती प्रदेश समिति सदस्य राजकुमार तामाङ ‘रञ्जित’ ले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ मैदानमा उत्रन निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, ूअबको लडाइँ विकास र निकासको हो। अधुरा काम पूरा गर्न र नुवाकोटमा परिवर्तनको जग बसाल्न हितबहादुर तामाङको जित अनिवार्य छ।ू

एकजुट हुँदै कार्यकर्ता, टोल(टोलमा रणनीति
सूर्यगढीको बैठकमा विशेष अतिथिहरू सुरज तामाङ र रविन्द्र तामाङका साथै माइली माया तामाङ, पूर्णसिंह तामाङ, फूलमाया तामाङ, प्रकाश तामाङ र निशान्त तामाङ लगायतका नेता(कार्यकर्ताहरूले प्रत्येक घरको ढोकामा पुगेर ‘तारा’ चिन्हको महत्व र पार्टीको एजेन्डा बुझाउने प्रतिबद्धता जनाएका छन्।

हितबहादुर तामाङको सादगी, विगतको विकास निर्माणमा उहाँको योगदान र आगामी स्पष्ट कार्ययोजनाले दुप्चेश्वर र सूर्यगढीका जनतामा ठूलो भरोसा जगाएको छ। ूअधुरा काम पूरा गर्न, नयाँ इतिहास कोर्नू भन्ने मूल नाराका साथ सुरु भएको यो अभियानले आगामी फागुन २१ गते नुवाकोट निर्वाचन क्षेत्र नं। १ मा ‘तारा’ चिन्हको पक्षमा सुखद परिणाम आउने सङ्केत गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्