एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पदाधिकारीहरूले काठमाडौंमा आयोजित कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ।

एमालेका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माण, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ।

पार्टीले मुलुकमा स्थिरता, विकास र प्रभावकारी शासन सुनिश्चित गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य घोषणापत्रमार्फत सार्वजनिक गर्ने नेताहरूले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्