काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीले बहुमत ल्याउने या ठूलो पार्टीको रूपमा स्थापित हुने बताएका छन्। पार्टीको चुनावी भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेता महतले जनताले विश्वास गरेर नै कांग्रेस आज यहाँसम्म आइपुगेको समेत बताए।
उनले भने, ‘पुरानो यत्तिकै हुँदैन। काम गरेर चाहिँ पुरानो भइन्छ। टिकेर पुरानो भइन्छ। सुख, दुःख, अप्ठ्यारोमा पनि जनताको बिचमा अडिग भएर रहने। त्यसकारण कुनै पनि पार्टी पुरानो हुन्छ। नयाँ भनेर केही पनि हुँदैन। कमजोर सामान नयाँ हुन सक्छ, तर केही दिनमै त्यो बिग्रिन्छ।’
उनले फागुन २१ मा हुन लागेको निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताए। नयाँ पार्टीको कहाँबाट आउने कहाँ जाने भन्ने अत्तोपत्तो नहुने बताए।





