रास्वपा सभापति लामिछाने आज सर्लाही जादैँ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज सर्लाही आउने भएका छन् ।

रास्वपा नेता तथा सर्लाही ४ का उम्मेदवार डा.अमरेश कुमार सिंहले हिजो नै सभापति लामिछाने भोलि सर्लाही–४ मा आउने जानकारी दिँदै सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहपूर्वक उपस्थित भई सभापति लामिछानेलाई स्वागत गर्न अनुरोध गरेका थिए ।

सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् । उनि दिउँसो २:१५ बजे सर्लाहीको लाल बन्दी आउने छन् । त्यसपछि बयल बास, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै साँझ ५स्१० बजे रौतहटतर्फ जाने बताइएको छ ।

सभापति लामिछानेको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू स्वागत कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा जुटेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्