झापा । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रचार–प्रसारका क्रममा आज झापा–५ अन्तर्गत दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने भएका छन्।
बिहान ९ः३० बजे दमक–९ स्थित चिया पसलमा मतदाता भेटघाट कार्यक्रम तय गरिएको छ। त्यसपछि उनी मुख्य रूपमा गौरीगञ्ज क्षेत्रमा केन्द्रित हुनेछन्।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलमा भेटघाट कार्यक्रम सञ्चालन हुनेछ। बिहान ११ बजे सुरु हुने कार्यक्रम अपराह्न ५ बजेसम्म चल्नेछ। यस क्रममा गौरीगञ्ज–५ का श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजार लगायत बाह्रशुद्धी, लतिझुला, भवानीपुर, हुक्कागाछी तथा गौरीगञ्ज–३ का बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलका मतदातासँग अन्तरक्रिया गरिनेछ।
यसअघि पनि उक्त क्षेत्रमा भेटघाट गरिसकेका ओलीले स्थानीय समस्या र गुनासा सुन्दै समाधानका लागि प्रतिबद्धता जनाउने कार्यक्रम रहेको जनाइएको छ।





