काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा निर्वाचन सामग्री र मतपत्र पुर्‍याइयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको आयोगले जनाएको छ ।

‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने आयोगले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्