काठमाडौं, १३ फागुन । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज सार्वजनिक गर्दै फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।





