निर्वाचनको पूर्वसन्ध्यामा देउवा सिंगापुर प्रस्थान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा गएराति ११ः३० बजे सिंगापुर प्रस्थान गरेका छन्। अध्यागमन स्रोतका अनुसार उनी नियमित उडानमार्फत सिंगापुर गएका हुन्।

आम निर्वाचन आउन अब करिब एक साता मात्र बाँकी रहेको अवस्थामा देउवाको विदेश प्रस्थानले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ। पार्टीभित्र देखिएको आन्तरिक विवाद र निर्वाचनप्रति उनको सक्रियता कम देखिएको सन्दर्भमा देउवा चुनावी अभियानबाट टाढिन खोजेको हो कि भन्ने चर्चा कांग्रेस वृत्तमै भइरहेको छ।

यद्यपि देउवा यसअघि पनि स्वास्थ्य परीक्षण तथा नियमित उपचारका लागि पटक–पटक सिंगापुर जाने गरेका थिए। यसपटकको भ्रमण स्वास्थ्यसम्बन्धी नै हो वा राजनीतिक सन्दर्भसँग जोडिएको हो भन्नेबारे औपचारिक जानकारी भने सार्वजनिक भएको छैन।

निर्वाचनको संवेदनशील घडीमा शीर्ष नेताको विदेश भ्रमणले कांग्रेसको चुनावी रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ। पार्टीका नेताहरूले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्