काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले जेनजी आन्दोलनको विषयमा एमालेको भनाइप्रति आपत्ति जनाएका हुन् ।
‘फागुन २१ को चुनाव आउन केही दिनमात्रै बाँकी छ । यो चुनाव यसरी आउँछ कल्पना पनि थिएन । चुनाव घोषणा भएको दिनबाट दायाँबायाँ नगरी चुनावको परिणामको चिन्ता नगरी कांग्रेसले काम गरिरहेको छ । यहाँ कांग्रेसबारे संसय उत्पन्न गर्न खोजिएको छ । चुनावमा यो सरकारलाई पनि साथ दिएर ट्रयाकमा ल्याएर छोड्,’ उनले भने, ‘
फागुन २१ को चुनावको सन्दर्भमा भाद्र २३ र २४ को घटनालाई नेपालमा भिन्न दृष्टिकोण छ ।’
सभापति थापाले एमालेले भदौ संसद् भवन पहिले जलेको र त्यसपछिमात्रै गोली चलेको भनेको भनाइप्रति र जेनजी आन्दोलनबारे चुपचाप बसेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरे ।





