ललिता निवास प्रकरण : स्टे अर्डर लिएका ३ जना रिहा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १२ असार । ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेका ३ जना रिहा भएका छन् ।

स्टे अर्डर लिएका ३ जनालाई रिहा गरिएको हो ।

मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।

उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताउनुभयाे ।
सरकारी लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी