सम्पूर्ण जिल्लामा चुनावको तयारी पूरा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, २० फागुन । बिहिबार हुने प्रतिनिधिसभा सदस्य चुनावको सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । बुधबार मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा मन्त्रालयले चुनावको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।

बैठकमा चुनावको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट चुनावको सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ ।

शान्ति सुरक्षाको अवस्था, चुनावको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आउँदो रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्