काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भोलि (बिहीबार) देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।





