ओखलढुंगाको मानेभञ्ज्याङ ७ का मतदाताले गरे मतदान बहिस्कार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, २१ फागुन । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । सहिद स्मृती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अहिलेसम्म पनि मत हाल्न कोही पनि नआएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीले बताए ।

उनका अनुसार, अहिलेसम्म एक जनाले पनि मतदान गरेका छैनन् । सो केन्द्रमा ७०१ जना मतदाता रहेका छन् ।

गाउँपालिकाको वडा नम्बर ७ मा ८ वर्ष अगाडिदेखि प्रादेशिक अस्पताल बनाउने माग पुरा भएको भन्दै मतदान बहिष्कार गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी